राजनीति


गृहसचिवको विदाई, अख्तियारमा पठाउने तयारी

गृहसचिवको विदाई, अख्तियारमा पठाउने तयारी

नेपालखबर
माघ २०, २०७६ सोमबार १५:१६,

गृहमन्त्रालयका सचिव प्रेमकुमार राईको सोमबार एक औपचारिक कार्यक्रमकाबीच विदाई गरिएको छ।

मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले उनलाई विदाई गरे। २२ महिना गृह सचिवको जिम्मेवारी सम्हालेका राईले आइतबारबाट लागू हुनेगरी यसअघि नै राजीनामा दिएका थिए। विदाई कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले गृहसचिवबाट विदाई गरिएपनि राईलाई नयाँ जिम्मेवारीमा पठाउने तयारी भएको बताए। ‘उहाँ गृहसचिवबाट मात्रै विदाई हुनुभएको हो। उहाँलाई नयाँ अभियान, नयाँ सेवा र नयाँ जिम्मेवारीमा पठाउँदैछौँ’, मन्त्री थापाले भने।

थापाले विशेष जिम्मेवारी दिइने घोषणा गरेसँगै राईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाउने तयारी सरकारले गरको बुझिाएको छ। थापाले राईको इमान्दारीता, योग्यता र राष्ट्रप्रेमका कारण मन्त्रालयले धेरै सफलता पाएको बताएका छन्।

विदाई कार्यक्रममा सचिव राईले गृहमन्त्री र मन्त्रालयका अन्य कर्मचारीहरुको सहयोगबाट २२ महिनामा धेरै सुधारका काम गरिएको बताए। प्रशासन सुधार, सुशासन कायम गर्न, प्रहरी प्रशासनमा लामो समयदेखिको बढुवा प्रकृया लगायतका सुधारका काम आफ्नो कार्यकालमा भएको उनले बताए। राईले गृहमन्त्रीको आँट र सहयोगकै कारण सुनकाण्ड, सिण्डिकेट अन्त्य लगायतका कामहरु भएको बताए।

राईले अवकाश हुनु ३ दिन अगाडि नै राजीनामा दिएका थिए। राईसँगै अर्थमन्त्रालयका सचिव राजन खनाल, सचिवहरु गजेन्द्र ठाकुर र रामकुमार आचार्यले पनि २२ माघबाट अनिवार्य अवकाश पाउँदैछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .