ग्लोबल


भारतमा ड्रग्ससहित दुई नेपाली पक्राउ

भारतमा ड्रग्ससहित दुई नेपाली पक्राउ

शैलेन्द्र समदर्शी
माघ २०, २०७६ सोमबार १५:२३,

प्रतिबन्धित नशालु पदार्थ (ड्रग्स) सहित दुई नेपाली नागरिक पक्राउ परेका छन्। भारत-नेपाल सीमा देवीगञ्जबाट यी दुई नेपाली नागरिकलाई देवीगञ्ज प्रहरीले आइतवार पक्राउ गरेको हो।

देवीगञ्जका प्रहरी अधिकारी अशोक अधिकारीका अनुसार ड्रग्ससहित पोष्टबहादुर भुजेल र अर्जुन कालिकोटेलाई पक्राउ गरिको हो।

यी प्रहरी अधिकारीका अनुसार पक्राउ परेका दुवै नेपाल प्रदेश-१ निवासी हुन्। उनीहरूको झोलाबाट ठुलाे परिणाममा प्रतिबन्धित नशालु पदार्थ (ड्रग्स) बरामद भएको प्रहरीको भनाइ छ।

देवीगञ्ज प्रहरी चौकीले थप अनुसन्धान र केरकारका लागि दुवै जनालाई खोरीबारी प्रहरी चौकीमा सुम्पेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .