राजनीति


४६ को परिवर्तनपछि प्राप्त उपलब्धि उल्टाउने खेल भइरहेको छ : प्रकाशमान सिंह

४६ को परिवर्तनपछि प्राप्त उपलब्धि उल्टाउने खेल भइरहेको छ : प्रकाशमान सिंह

फाइल तस्बिर


नेपालखबर
माघ ६, २०८० शनिबार ११:१७, काठमाडौँ

नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले ०४६ को परिवर्तनपछि प्राप्त उपलब्धि उल्टाउने खेल भइरहेको दाबी गरेका छन्।

शनिबार बिहान विराटनगरमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति मोरङले आयोजना गरेको भेटघाट कार्यक्रममा नेता सिंहले संविधानसभाबाट बनेको संविधान आम नागरिकले उपयोग गर्ने अवस्था बनाउनु कांग्रेसको जिम्मेवारी भएको बताए।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधान कांग्रेसको नेतृत्वमा जारी भएको उल्लेख गर्दै उनले संविधानले दिएका अधिकार जनतामा पुर्‍याउन कांग्रेसले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताए।

उनले परिवर्तनविरोधीहरूले त्यसलाई समाप्त पार्न पहिला कांग्रेसलाई कमजोर पार्न चाहिरहेको दाबी गर्दै पार्टी बलियो बनाउनुपर्नेमा जोड दिए।

माघ ११ गते हुने राष्ट्रिय सभा चुनावका लागि कोशी प्रदेशबाट गठबन्धन उम्मेदवार कृष्ण सिटौलालाई जिताउन आग्रह पनि गरे।

उनले कांग्रेस उम्मेदवार सिटौलालाई भेटेरै कोशी प्रदेशको अवस्थाबारे जानकारी लिँदै जितको शुभकामनासमेत दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .