राजनीति


लेनिन स्मृति शतवार्षिकीका अवसरमा नेपालमा एक वर्षसम्म कार्यक्रम गरिने

लेनिन स्मृति शतवार्षिकीका अवसरमा नेपालमा एक वर्षसम्म कार्यक्रम गरिने

नेपालखबर
माघ ८, २०८० सोमबार १३:२७, काठमाडौँ

काठमाडौंमा लेनिन स्मृति शतवार्षिकी अभियान घोषणा भएको छ। लेनिन स्मृति शतवार्षिकीका अवसरमा एक वर्षसम्म कार्यक्रम गरिने भएको हो। 

लेनिन स्मृति शतवार्षिकी मूल आयोजक समितिले आइतबार पत्रकार सम्मेलन गरेर क्षेत्रगत र विषयगत कार्यक्रम गर्ने बताएको हो। 

क्षेत्रीय तहमा कोशी प्रदेशका विराटनगर, धरान र झापा, मधेसको जनकपुर, बागमतीका काठमाडौं, भक्तपुर, ललितपुर र चितवन, गण्डकी प्रदेशका पोखरा, बाग्लुङ र कुस्मा, लुम्बिनी प्रदेशका दाङ, बुटवल र नेपालगन्ज, कर्णालीको सुर्खेत तथा सुदूरपश्चिमको धनगढी र कञ्चनपुरमा कार्यक्रम हुने भएका छन्। 

समिति संयोजक निनु चापागाईंका अनुसार कम्युनिस्ट क्रान्तिकारी आन्दोलनमा लेनिनको सैद्धान्तिक र सांगठनिक योगदानको ती कार्यक्रममा स्मरण गरिने छ।

शतवार्षिकीका क्रममा विचार विमर्श, गोष्ठी, अन्तर्क्रिया, सांस्कृतिक उत्सव, कलात्मक प्रदर्शनी, प्रकाशनलगायत कार्यक्रम हुने उनले  बताए।

सर्वहारा तथा श्रमजीवी वर्ग, उत्पीडित समुदाय, क्रान्तिकारी बौद्धिक–संस्कृतिकर्मी र समाजवादी राजनीतिकर्मीलाई अभियानमा सहभागी हुन, सहकार्य गर्न र सहयोग गर्न समितिले भनेको छ। 

२१ जनवरी १९२४ मा लेनिनको निधन भएको थियो। नेपाल प्रज्ञा प्रतिष्ठान र नेपाल वैकल्पिक अध्ययन समाजको सहकार्यमा सोमबार प्रज्ञा प्रतिष्ठानमा आयोजित नेपाली समाजका सन्दर्भमा लेनिनवाद विषयक अन्तर्क्रिया कार्यक्रम भएको छ।

जहाँ राजनीतिक विश्लेषक हरि रोकाले नेपाल र विश्व सन्दर्भमा लेनिनवादको भविष्यबारे कार्यपत्र प्रस्तुत गरे। उनले सन् २००८/०९ को विश्वव्यापी मन्दीपछि कार्ल मार्क्सलाई खोजिएजस्तै लेनिनको खोज्ने बढेका बताए। 

कार्यपत्रमाथि माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भुसाल, एमाले केन्द्रीय सदस्य टंक कार्की, युवा विश्लेषक संगीत स्रोताले टिप्पणी गरे। भुसालले लेनिनको अध्ययन र आत्मसाथ गर्दै राष्ट्र निर्माणमा लाग्नुपर्ने बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .