राजनीति


प्रधानमन्त्री अनुपस्थित भएपछि संसद्‍मा सम्बोधन गरेनन् ओलीले

प्रधानमन्त्री अनुपस्थित भएपछि संसद्‍मा सम्बोधन गरेनन् ओलीले

फाइल तस्बिर


नेपालखबर
माघ २४, २०८० बुधबार १३:५०, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अनुपस्थित भएपछि प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद्‍मा सम्बोधनको कार्यक्रम रोकेका छन्।

एमाले सांसद रघुजी पन्तका अनुसार सदनको नेता नै अनुपस्थित भएपछि प्रमुख प्रतिपक्षी नेताको सम्बोधन आजलाई रोकिएको हो। 

‘संसद्‍को नेता प्रधानमन्त्री हो। तर उहाँ नै उपस्थित हुनु भएन’, उनले भने, ‘उहाँ नआएकै कारण प्रतिपक्षी दलको नेता (केपी शर्मा ओली) बोल्नु भएन।’ 

पन्तले हिउँदे अधिवेशनले गति लिन थालेको अवस्थामा छलफलको पहिलो दिन नै प्रधानमन्त्री अनुपस्थित हुँदा संसद्ले रौनक गुमाएको बताए। 

‘आज पहिलो दिन नै संसद्‍ले आकर्षण गुमायो। शीर्ष नेताहरूले संसदमा ध्यान दिनुपर्छ’, उनले भने, ‘छलफलका लागि डाकिएको अधिवेशनको सुरुवाती दिनमै प्रधानमन्त्री उपस्थित नहुनु लोकतन्त्रको लागि राम्रो होइन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .