राजनीति


१० प्रदेश इन्चार्ज तोक्ने माओवादी केन्द्रको निर्णयप्रति जनार्दन शर्माको यस्तो असहमति (पत्रसहित)

१० प्रदेश इन्चार्ज तोक्ने माओवादी केन्द्रको निर्णयप्रति जनार्दन शर्माको यस्तो असहमति (पत्रसहित)

फाइल तस्बिर


नेपालखबर
फागुन १६, २०८० बुधबार १२:२०, काठमाडौँ

नेकपा माओवादी केन्द्रको कार्य विभाजनप्रति पार्टीका उपमहासचिव जनार्दन शर्माले असहमति जनाएका छन्। 

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधबार बिहानदेखि सुरु भएको पार्टी स्थायी समिति बैठकमा नेता शर्माले निर्णयप्रति लिखित असहमति जनाएका हुन्।

उनले प्रदेश इन्चार्जहरू हेरफेर गर्दा आफूप्रति पूर्वाग्रह राखिएको गुनासो गरेका छन्। 

‘विधान अधिवेशन लगत्तै बसेको स्थायी समितिको बैठकमा विधानबारे एजेन्डा नै नराख्नु विधान अधिवेशनले पारित गरेको निर्णयहरुको भाषिक रुपले सम्पादन गरी कार्यान्वयन गर्ने कार्यभारप्रति वेवास्ता गर्नु र पारित विषयलाई वेवास्ता गरी विधि विहीनतालाई निरन्तरता दिने उद्देश्य देखिनु खेदजनक कुरा हो,’ पार्टी निर्णयप्रति असहमति जनाउँदै शर्माले भनेका छन्, ‘विधान अधिवेशनबाट पारित भएका निर्णहरु सम्पादन गरी तुरुन्त कार्यान्वयन गर्न माग गर्दछु।’

उनले स्थानीय कमिटीमा कार्य विभाजन एजेन्डाबारे गृहकार्यको नाममा पटक पटक बैठक सरेको र फागुन १५ गते प्रस्तावित भई असहमतिकाबीच पारित गरिएका निर्णयहरुप्रति गम्भीर असहमति जाहेर गरेका छन्। 

हेर्नुहोस् शर्मामा असहमति पत्र

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .