खेल


नेदरल्यान्ड्सका दुवै ओपनर आउट

नेदरल्यान्ड्सका दुवै ओपनर आउट

नेपाल र नेदरल्यान्ड्सको खेल। तस्बिर : सरोज नेपाल


नेपालखबर
फागुन १६, २०८० बुधबार १२:२७, काठमाडौँ

नेपालविरुद्धको टी–२० आई क्रिकेटमा नेदरल्यान्ड्सले दुवै ओपनरलाई गुमाएको छ। 

दोस्रो विकेटका रुपमा कुशल मल्लले ओपनर माइकल लेविटलाई आउट गराए। 

नवौँ ओभरको पाचौँ बलमा कुशलले माइक्ललाई ५४ रनमा विकेटकिपर आशिफ शेखको हातबाट आउट गराए। 

३६ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै माइकल आउट भए। 

त्यसअघि तेस्रो ओभरको पहिलो बलमा नै करण केसीले ओपनर क्याक्स ओ डाउडलाई दिपेन्द्र सिंह ऐरी हातबाट क्याच आउट गराए। म्याक्स ओ डाउडले ४ रन बनाएका थिए। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिलिडङ रोजेपछि ब्याटिङ गरेको नेदरल्यान्ड्सले १२औँ ओभरको खेल सकिँदा २ विकेट गुमाएर ११० रन बनाएर खेलिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .