जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारमा सहभागी हुने मन्त्रीबारे टुङ्गो लगाउन केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ।
पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आज बिहान बैठक बोलाइएको सो पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।
जसपामा १५ सङ्घीय सांसद छन्। जसपाले सरकारमा सहभागी हुने निर्णय यसअघि नै गरिसकेको भए पनि बुधबार मन्त्रिपरिषद् विस्तार हुँदा जसपाले मन्त्री पठाएको थिएन।
123
Shares
प्रतिक्रिया