राजनीति


प्रदीप ज्ञवालीको व्यंग्य : द्वन्द्वले रोल्पालाई सुनैसुनको घर दियो भन्ने दिन आयो

प्रदीप ज्ञवालीको व्यंग्य : द्वन्द्वले रोल्पालाई सुनैसुनको घर दियो भन्ने दिन आयो

नेपालखबर
फागुन २९, २०८० मंगलबार १७:१८, काठमाडौँ

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले द्वन्द्वले के दियो भनेर समीक्षा गर्न रोल्पाबासीलाई सुझाएका छन्। 

एमाले रोल्पाको सातौँ जिल्ला अधिवेशनको उद्घाटन गर्न लिबाङ पुगेका ज्ञवालीले १० वर्ष लामो सशस्त्र द्वन्द्वले विकास गर्‍यो कि विनाश गर्‍यो भन्दै गम्भीर समीक्षा गर्न रोल्पालीलाई सुझाएका हुन्। 

‘१० वर्षसम्म चलेको द्वन्द्वले क्रान्ति सफल गरेन’, उनले भने, ‘जनताको अवस्था फेरिएन। नेताको मात्रै जीवनस्तर उकासियो।’ 

उनले क्रान्तको सपना देखाएर जनतालाई ढाँटिएको भन्दै रोल्पाली जनता भ्रममा पर्न नहुने बताए।

सुन तस्करीको प्रसंग कोट्याउँदै उपमहासचिव ज्ञवालीले द्वन्द्वबाट स्थापित नेता र उनका छोराहरू सुन तस्करीमा जोडिनु यहाँका जनताका सपनामाथि कुठाराघात भएको टिप्पणी गरे। 

‘१० वर्षे द्वन्द्व के नेता र नेताका छोराले सुन  तस्करीको लाइन मिलाउन थियो’, उनले भने, ‘द्वन्द्वले रोल्पालाई के दियो भन्दा सुनैसुनका घर दियो भनेर ब्यंग्य गर्नेबेला आयो, यो बिडम्बना हो।’

एमाले सचिव एवम् लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले अहिलेको गठबन्धन विदेशीको इशारामा नभएको बताइन्।

काग्रेस-माओवादी गठबन्धनले मुलुक चौपट भएकाले देशको समृद्धिका लागि एमाले र माओवादीको गठबन्धन बनेको उनले बताइन्। 

एमाले रोल्पाको अधिवेशनमा नयाँ अध्यक्षका लागि अमृत घर्ती, घनश्याम आचार्य, शान्तकुमार वली र रोशन वलीको दाबी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .