राजनीति


संसद् अधिवेशन सुरु हुनुअघि कांग्रेस संसदीय दलको बैठक

संसद् अधिवेशन सुरु हुनुअघि कांग्रेस संसदीय दलको बैठक

फाइल तस्बिर


नेपालखबर
बैशाख २८, २०८१ शुक्रबार १०:१४, काठमाडौँ

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक बसिरहेको छ। 

नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बैठक केही बेरअघि सुरु भएको हो। 

बैठकमा आज सुरु हुने बजेट अधिवेशनमा पार्टीले खेल्ने भूमिका र संसद्‌मा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने नेताहरूले बताएका छन्।

यसअघि बिहीबार दिउँसो २ बजे बस्ने भनिएको कांग्रेस संसदीय दलको बैठक पूर्वमन्त्रीसमेत रहेका पूर्वकेन्द्रीय सदस्य एवं संविधानसभा सदस्य सूर्यमान गुरुङको निधनका कारण स्थगन गरिएको थियो। 

प्रमुख प्रतिपक्षी कांग्रेसले सहकारी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेका विषयमा संसदीय छानबिन समिति गठन हुनुपर्ने माग राखेर यअसघि संसद् बैठक अवरुद्ध गरिरहेको छ। 

यसअघि गृहमन्त्री लामिछानेलाई संसद्‌मा बोल्नसमेत नदिएको कांग्रेसले अबदेखि बोल्न भने दिने तर संसदीय छानबिन समिति गठन हुनुपर्ने माग यथावत् रहेको बताएको छ। उक्त समिति नबन्दासम्म सदन चल्न नदिने अडान उसले राखेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .