राजनीति


सरकारलाई विश्वासको मत दिन जसपाको ह्वीप

सरकारलाई विश्वासको मत दिन जसपाको ह्वीप

नेपालखबर
फागुन २९, २०८० मंगलबार १७:३९, काठमाडौँ

जनता समाजवादी पार्टी नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको पक्षमा मतदान गर्ने निर्णय गरेको छ।

मंगलबार सिंहदरबारमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षताकम बसेको संसदीय दलको बैठकले सरकारको पक्षमा मतदान गर्ने निर्णय गरेको हो।

बैठकमा जसपा नेपालको संसदीय दलले आफ्ना सांसदहरूलाई सरकारको पक्षमा मतदान गर्न हृवीप समेत जारी गरेको छ।

प्रतिनिधि सभामा जसपाका १२ सांसद छन्।

पछिल्लो गठबन्धन सरकारमा जसपाबाट उपेन्द्र यादव उपप्रधानमन्त्रीसहित स्वास्थ्य र नवलकिशोर साह वनमन्त्री छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .