ad ad

राजनीति


काठमाडौंको जनप्रदर्शन तयारीका लागि राप्रपा नेताहरू तराई-मधेस दौडमा

काठमाडौंको जनप्रदर्शन तयारीका लागि राप्रपा नेताहरू तराई-मधेस दौडमा

नेपालखबर
चैत ४, २०८० आइतबार १५:२, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेताहरू काठमाडौंमा गर्नलागेको जनप्रदर्शनको तयारीका लागि तराई मधेशकेन्द्रित भएका छन्। 

सरकारसमक्ष राष्ट्रियता, विकास, सुशासन, सेवाप्रवाह र जनजीविकासँग सम्बन्धित विभिन्न ४० बॅुदे मागपत्र पेस गरेर आन्दोलनमा होमिएको राप्रपाले चैत २७ गतेको प्रदर्शनका लागि तयारी गरेको हो। 

आफ्ना मागहरुबारे जनतालाई जागरुक तुल्याउन र जनमत सिर्जना गर्न राप्रपाका नेताहरु पॅाचदिने तराइ मधेस यात्रामा निस्किनलागेका छन्।

चैत ५ गतेदेखि ८ गतेसम्म तराई मधेसका आठ जिल्लामा राप्रपाको आमसभा र कार्यकर्ता भेलाको आयोजना गरिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको नेतृत्वमा हुने तराइ मधेश स्तरीय विभिन्न कार्यक्रममा वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङ, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री डा.धवलशमसेर राणा, प्रवक्ता ज्ञानेन्द्र शाही, मधेस प्रदेशका अध्यक्ष भरत गिरी, प्रतिनिधिसभा सदस्य बिना जयसवाल, नेतृ खुस्बु ओली र पार्टी सम्बद्ध युवा, विद्यार्थी, महिला संगठनका अध्यक्षहरु रहनेछन्।

चैत ५ गते जनकपुरको जानकी मन्दिरमा पुजाआजा गरी मधेस प्रदेश यात्रा प्रारम्भ गर्ने राप्रपाका नेताहरु सोही दिन धनुषामा अगुवा कार्यकर्ता भेला र सर्लाहीको बरहथवामा हुने आमसभामा सहभागी हुनेछन्।

राप्रपाले चैत ६ गते रौतहटको गौरमा कार्यकर्ता भेला र बिरगंजमा आमसभा गर्नेछ भने सॅाझ उधोग वाणिज्य संघको सभाकक्षमा बिरगंजका उद्योगी व्यवसायीसंग छलफल र अन्तर्क्रिया गर्नेछ।

चैत ७ गते बाराको निजगढमा आमसभा र बर्दिबासमा महोत्तरीको अगुवा कार्यकर्ता भेलाको आयोजना गरिएको छ।

यसैगरी चैत ८ गते सिराहाको लाहानमा कार्यकर्ता भेला गरेर सप्तरीको बोधेबसान नगरपालिकामा आमसभा गर्ने तालिका रहेको प्रवक्ता श्रेष्ठले जानकारी दिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .