राजनीति


इलाममा सहयोग गर्न रास्वपालाई भन्छौँ, नमाने मित्रवत् प्रतिस्पर्धा : एमाले

इलाममा सहयोग गर्न रास्वपालाई भन्छौँ, नमाने मित्रवत् प्रतिस्पर्धा : एमाले

नेपालखबर
चैत ११, २०८० आइतबार १५:१५, काठमाडौँ

नेकपा एमालेले इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सहयोगका लागि अपिल गरेको छ।

आइतबार बसेको पार्टी केन्द्रीय सचिवालय बैठकले सो क्षेत्रमा आफ्नो पार्टीबाट सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

रास्वपाले पनि यहाँको निर्वाचनमा आफ्नो पार्टी सहभागी हुने बताएको छ। रास्वपा र एमाले अहिले सँगै सत्ता सहकार्यमा छन्।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले रास्वपालाई पनि सहयोग गर्नका लागि अपिल गरिने बताए।

‘हाम्रो उम्मेदवार योग्य पनि हुनुहुन्छ। धेरै हिसाबले डिजर्भ गर्नुहुन्छ। उहाँहरू (रास्वपा) लाई सहयोग गर्नुस् भन्ने हाम्रो अपिल हुन्छ,’ उनले भने।

त्यस्तो नभएको खवस्थामा मित्रवत् प्रतिस्पर्धा पनि हुनसक्ने उनले बताए।

‘त्यसो नहुँदा कतिपय विषयमा मित्रवत प्रतिस्पर्धा पनि हुनसक्छ,’ ज्ञवालीले भने।

रास्वपाले पनि इलामको निर्वाचनमा आफ्नो तयारी तीब्र बनाएको छ। आगामी चैत १७ गते पार्टी सभापति रवि लामिछानेले नै उम्मेदवार घोषणा गर्ने कार्यक्रम रहेको रास्वपाले बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .