राजनीति


सुनुवाइ समितिले माग्यो रायाविरुद्ध उजुरी

सुनुवाइ समितिले माग्यो रायाविरुद्ध उजुरी

फाइल तस्बिर


नेपालखबर
चैत १९, २०८० सोमबार ११:४७, काठमाडौँ

संसदीय सुनुवाइ समितिले प्रस्तावित महालेखापरीक्षक तोयम रायाविरुद्ध उजुरी आह्वान गरेको छ।

सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले उजुरी आह्वान गर्ने निर्णय गरेको हो। उजुरीका लागि १० दिनको समय दिइएको छ।

आइतबार बिहान संवैधानिक परिषद्ले महालेखापरीक्षकमा नेपाल सरकारका बहालवाला सचिव तोयम रायालाई सिफारिस गरेको थियो। उनी अर्थ मन्त्रालयका पूर्वसचिव पनि हुन्। 

संसदीय सुनुवाइ समितिले अनुमोदन गरेमा राष्ट्रपतिबाट उनी महालेखापरीक्षक नियुक्त हुनेछन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .