खेल


यूएसए ओपन करातेमा एरिकालाई स्वर्ण र रजत पदक

यूएसए ओपन करातेमा एरिकालाई स्वर्ण र रजत पदक

नेपालखबर
चैत १९, २०८० सोमबार ११:४१, काठमाडौँ

१९औँ एसियाली खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ युएसए ओपन अन्तर्राष्ट्रिय कराते २०२४ मा रजत पदकमा सीमित भएकी छिन्। 

६८ किलो माथिको खुला तौल समूहमा अमेरिकाकी खेलाडीसँग ३–२ अंकले पराजित भएसँगै एरिका स्वर्णपदक जित्नबाट वञ्चित भएकी हुन्। 

एरिका खुला र उमेर समूह दुवैको फाइनलमा पुगेकी थिइन्।

यसअघि उनले गएराति भएको खेलमा यू–२१ उमेर समूहमा ६८ किलो तौल समूहमा स्वर्णपदक जितेकी थिइन्। 

एरिकाले चीनको हाङझाओमा भएको १९औँ एसियाली खेलकुदमा करातेलाई ऐतिहासिक रजत पदक दिलाएकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .