नेकपा एमाले जिल्ला कमिटीको अध्यक्षमा पुरुषोत्तम आचार्य दोस्रो कार्यकालका लागि विजयी भएका छन्।
शुक्रबारबाट सुरु नवौँ जिल्ला अधिवेशनअन्तर्गत् सोमबार बिहानबाट विद्युतीय मेसिनमा भएको मतदानको नतिजा अनुसार आचार्य दोहोरिएका छन्।
अधिवेशनका क्रममा ४७३ खसेको थियो। जसमा आचार्यले २२९ मत पाउँदै दोस्रो कार्यकाल पक्का गरेका हुन्।
विद्युतीय मेसिनबाट इमाडाेलकाे आँगन पार्टी प्यालेसमा मतदान भएको थियो। विजयी भएपछि आचार्यले नेपालखबरसँग कुरा गर्दै पार्टीलाई अझ बलियोसँग अघि बढाउने बताए।
एमाले ललितपुरको अध्यक्षमा चार जना आकांक्षी थिए। निवर्तमान अध्यक्ष आचार्य, चेतनाथ आचार्य, दिनेश कार्की र सुवर्ण श्रेष्ठले अध्यक्षमा उम्मेदवारी दिएका थिए।
अधिवेशनमा ४७७ प्रतिनिधि थिए। जसमा ४७३ ले मतदान गरे। अधिवेशनले १२० सदस्यीय जिल्ला कमिटी चयन गरेको छ।
Shares
प्रतिक्रिया