राजनीति


इलाममा कांग्रेसका दुई महामन्त्री, यस्तो देखियो चुनावी सभा (तस्बिरहरू)

इलाममा कांग्रेसका दुई महामन्त्री, यस्तो देखियो चुनावी सभा (तस्बिरहरू)

सरोज नेपाल
बैशाख ९, २०८१ आइतबार ७:३०, इलाम

इलाममा चुनाव लागेको छ। दलहरू आ–आफ्नो चुनावी रणनीतिमा क्रियाशील छन्। 

नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका दलहरू जितको दाबी गरिरहेका छन्। यसैबीच नेपाली कांग्रेसले इलाम सदरमुकाम इलाम बजारमा शनिबार चुनावी सभा आयोजना गरेको छ।

चुनावी सभामा कांग्रेसले पार्टीका दुई महामन्त्रीलाई इलाममा तैनाथ गरेको थियो। महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले सभामा सम्बोधन गरे। शर्मा र थापासँगै केन्द्रीय सदस्य मोहन बहादुर बस्नेत पनि इलाम आइपुगेका थिए। 

इलाम–२ को उपनिर्वाचनमा कांग्रेसले डम्बरबहादुर खड्कालाई उम्मेदवार बनाएको छ। खड्का यसअघि पनि स्व. सुवासचन्द्र नेम्वाङसँग उनै खड्का प्रतिस्पर्धामा उत्रिएका थिए। उनी नेम्वाङसँग झिनो मतान्तरले पराजित भए। 

अहिले उनैलाई लिएर कांग्रेस चुनावी मैदानमा छ। खासमा यहाँ कांग्रेसले भेषराज आचार्यलाइृ उठाउन चाहेको थियो। पछि पार्टी सभापति देउवाले खड्कालाई नै टिकट दिएपछि गगन–विश्व उनैलाई चुनाव जिताउने अभियानमा खटिएका छन्। 

इलाम चोकबजारमा शनिबार देखिएको कांग्रेसको चुनावी आमसभाः

 

 



 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .