राजनीति


अपडेट : इलाम-२ मा ५० प्रतिशत मत खस्यो

अपडेट : इलाम-२ मा ५० प्रतिशत मत खस्यो

देउमाई नगरपालिका- २ पुङफुङ मतदान केन्द्र (तस्बिर : राजेश राई)


नेपालखबर
बैशाख १५, २०८१ शनिबार १५:२२, काठमाडौँ

इलाम क्षेत्र नम्बर २ मा मतदान कार्य जारी छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार दिउँसो तीन बजेसम्म करिब ५० प्रतिशत मत खसिसकेको छ। 

मुख्य निर्वाचन अधिकृत केशव प्रसाद घिमिरेले दिएको जानकारी अनुसार शान्तिपूर्ण रुपमै अहिलेसम्म मतदान कार्य अघि बढेको छ। 

‘अहिलेसम्म लगभग ५० प्रतिशत मत खसेको विवरण पाएका छौँ,’ घिमिरेले भने। 

उपनिर्वाचनमा लगभग ६० प्रतिशत मत खस्ने आकलन गरिएको पनि उनले जानकारी दिए। 

त्यस्तै, मतगणना आजै रातिबाट सुरु गर्ने वा भोलिसम्म पर्खनुपर्ने भन्ने यकिन भइनसकेको सहायक निर्वाचन अधिकृत इन्द्र प्रसाद आचार्यले जानकारी दिए। 

भौगोलिक विकटताका कारण मतपेटिका पुग्न समय लाग्ने बताउँदै त्यसलाई हेरेर मात्रै मतगणनबारे निर्णय लिइने उनले बताए।

शनिबार इलाम–२ सँगै बझाङ १ प्रदेशसभा १ (क)मा पनि उपनिर्वाचन भइरहेको छ। दुवै ठाउँमा मतदान कार्य जारी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .