राजनीति


इलाम २ को मतपरिणाम प्रत्येक दुई घन्टामा सार्वजनिक गरिने

फाकफोकथुम १ र २ को मतगणना जारी
इलाम २ को मतपरिणाम प्रत्येक दुई घन्टामा सार्वजनिक गरिने

नेपालखबर
बैशाख १६, २०८१ आइतबार १३:३७, काठमाडौँ

इलाम क्षेत्र नम्बर २ को मतगणना परिणाम दुई/दुई घन्टामा सार्वजनिक गरिने भएको छ। मुख्य निर्वाचन अनुगमन अधिकृत राजेन्द्र प्रसाद आचार्यका अनुसार दिउँसो २ बजेमात्रै प्रारम्भिक मतपरिणाम सार्वजनिक गरिनेछ। 

बिहान ११ बजेबाट सुरु गर्ने भनिएको मतगणना एक घन्टा ढिलो गरी सुरु भएको थियो। 

अहिले मतगणना जारी छ। अहिले फाकफोकथुम गाउँपालिकाको वडा नम्बर १ र २ को मतगणना भइरहेको छ।

मतगणना स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ। मतगणना स्थलमा तारले घेरेर सीसीटीभी जडान गरिएको छ।  

इलाम–२ मा कूल १ लाख १५ हजार ८८९ मतदाता छन्। त्यसमध्ये ६९ हजार २ सय ८७ जना मतदाताले मतदान गरेका छन्

उपनिर्वाचनमा ६० प्रतिशत मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

जसमध्ये ३५ हजार १ सय २५ जना पुरुष र ३४ हजार १ सय ५० जना महिला र अन्य २ जनाले मतदान गरेका छन्। 

१२ राजनीतिक दलका र सात स्वतन्त्र गरी १९ जना उम्मेद्वार चुनावी प्रतिस्पर्धामा छन्।

एमालेका सुहाङ नेम्बाङ, कांग्रेसका डम्बर खड्का, रास्वपाका मिलन लिम्बू र पहिचानवादी साझा स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह थेगिमबीच मुख्य प्रतिस्पर्धा हुने आकलन छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .