ad ad

राजनीति


केन्द्र सरकारबाट बाहिरिने तयारीमा उपेन्द्र, केन्द्रीय समितिले निर्णय लिने

केन्द्र सरकारबाट बाहिरिने तयारीमा उपेन्द्र, केन्द्रीय समितिले निर्णय लिने

नेपालखबर
बैशाख ३०, २०८१ आइतबार १८:८, काठमाडौँ

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले केन्द्रीय समितिको बैठक बोलाएका छन्।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिने र अशोक राईले पार्टी फुटाएको विषयमा अदालतमा मुद्दा दायर गर्ने लगायतका एजेन्डामा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाइएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले नेपालखबरलाई जानकारी दिए। 

आइतबार जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बसेको थियो। सो बैठकले सरकारबाट बाहिरिने विषयमा छलफल गरेपनि निर्णय भने केन्द्रीय समितिबाट गराउन लागिएको उनले बताए। 

विशेषगरी मधेस प्रदेशमा नेकपा एमाले र माओवादी केन्द्रले जसपा नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि जसपाले केन्द्र सरकारबाट पनि बाहिरिने तयारी गरेको हो। 

सो पार्टीका एक शीर्ष नेताका अनुसार, सोमबार बस्ने बैठकले यसबारे ठोस निर्णय लिनेछ।

अशोक राईले पार्टी विभाजन गरेसँगै उपेन्द्रसँग ५ सांसद छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .