राजनीति


बहुमत कसैको छैन, ताल पर्दा मन्त्री भइहाल्छन् : ओली

बहुमत कसैको छैन, ताल पर्दा मन्त्री भइहाल्छन् : ओली

नेपालखबर
बैशाख २४, २०८१ सोमबार १६:०, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विभिन्न हावाहुरी ल्याउन खोज्ने प्रवृत्तिबाट प्रभावित नभई सक्रिय भएर अघि बढ्न नेता कार्यकर्तालाई आग्रह गरेका छन्। 

सोमबार वरिष्ठ राजनीतिज्ञ सिद्धिनाथ ज्ञवाली स्मृति ग्रन्थ विमोचन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन्। 

‘हामी विभिन्न हावाहुरीले ल्याउने प्रवृत्तिबाट प्रभावित नभइ सक्रियताका साथ अघि बढ्छौँ,’ ओलीको भनाइ थियो। 

पछिल्लो केही समययता हाहुँ गरेकै भरमा जनप्रतिनिधि हुने र ताल पर्दा मन्त्री भइहाल्ने प्रवृत्ति पनि बढेको बताए। 

‘अहिले त समय कस्तो आएको छ भने, हाहुँ गरेको भरमा जनप्रतिनिधि छानिन्छ, हाहुँ गरेको भरमा मन्त्री पनि ताल पर्दा, बहुमत कसैको छैन, यसलाई मिलाउँ कि उसलाई मिलाउँ भन्दा मन्त्री को बन्छ बन्दैन? यस्तो बेलामा यी त्यागका कठिनाइका दिनहरू नयाँ पुस्तासम्म कसले पुरयाउने?,’ ओलीले भने।

उनले पुराना दल र नेताको त्यागलाई कसैले अवमूल्यन गर्न नहुने बताए। 

‘अहिले एउटा प्रवृत्ति चलेको छ, पुरानो त्यागका दिन अवमूल्यन मात्रै होइन अपमान गर्ने। एउटा भुँइफट्टा वर्ग छ मन्दिर भत्काउन खोज्ने, त्याग बलिदानको अवमूल्यन गर्नखोज्ने, नकार्न खोज्ने, परिवर्तनमा केही अर्थ थियो भन्ने कुरा बिर्सन खोज्ने, यद्यपि त्यस्तो प्रवृत्ति छाडौँ,’ उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .