राजनीति


नवगठित जसपाको पहिलो निर्णय: प्रधानमन्त्रीमा प्रचण्डलाई नै समर्थन

नवगठित जसपाको पहिलो निर्णय: प्रधानमन्त्रीमा प्रचण्डलाई नै समर्थन

नेपालखबर
बैशाख २५, २०८१ मंगलबार १२:३९, काठमाडौँ

नव गठित जनता समाजवादी पार्टीले वर्तमान सरकारलाई नै समर्थन गर्ने निर्णय गरेको छ। 

उपेन्द्र यादव नेतृत्वको जसपाबाट विभाजन भएर बनेको अशोक राई नेतृत्वको जसपाले  पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको एमाले-माओवादी गठबन्धन सरकारलाई नै समर्थन जारी राख्ने निर्णय गरेको हो।

राई नेतृत्वको जसपालाई निर्वाचन आयोगले सोमबार मान्यता दिएको थियो। त्यसपछि बसेको बैठकले यस्तो निर्णय गरेको सो पार्टीका महासचिव ईस्तियाक राईले जानकारी दिए। 

‘पार्टीका केन्द्रीय अध्यक्ष अशोककुमार राईको अध्यक्षतामा बसेको संसदीय दलको बैठकको निर्णयअनुसार प्रधामन्त्री प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई समर्थन निरन्तर जारी राख्ने निर्णय भएको छ,’जसपाका महासचिव मोहम्मद इस्तियाक राईले जारी गरेको विज्ञप्तिमा भनिएको छ। 

नवगठित जसपाका संघीय संदमा सात सांसद छन्। जसपा नेपाल विभजन भएर बनेको नयाँ दलमा अशोककुमार राई, नवलकिशोर साह, रञ्जु ठाकुर, हसिना खान, वीरेन्द्र महतो, सुशीला श्रेष्ठ र प्रदीप यादवसहित सात सांसद छन्।

अब उपेन्द्रको पक्षमा जसपाका दीपक कार्की, प्रकाश अधिकारी, राजकिशोर यादव र रेखा यादवसहित पाँच सांसद छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .