ad ad

राजनीति


बैठक चलिरहँदा करिब ७ पटक ज्ञानेन्द्र शाही बाहिर जानुभयो : राजेन्द्र लिङ्देन

बैठक चलिरहँदा करिब ७ पटक ज्ञानेन्द्र शाही बाहिर जानुभयो : राजेन्द्र लिङ्देन

फाइल तस्बिर


नेपालखबर
जेठ १४, २०८१ सोमबार १६:५१, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी बैठकमा केन्द्रीय सदस्य ठाकुरमोहन श्रेष्ठको विषयमा कुनै समस्या नभएको दाबी गरेका छन्। 

सोमबार पार्टीको केन्द्रीय कमिटी बैठकका निर्णय सार्वजनिक गर्नेक्रममा सञ्चारकर्मीले राखेको प्रश्नको जवाफमा उनले कुनै असन्तुष्टि नभएको बताए। 

गत फागुन २७ गते पार्टी कार्यालयमा कुटपिटमा परेका श्रेष्ठमाथि हातपात गर्ने तीन जनालाई माफी मगाएर पार्टीले निलम्बन फुकुवाको घोषणा केन्द्रीय कमिटी बैठकमा भएको थियो। 

त्यसपछि प्रमुख सचेतक समेत रहेका प्रवक्ता ज्ञानेन्द्र बहादुर शाही बैठक छाडेर हिँडेका थिए। 

‘यो बैठक चलेकोे बेला ज्ञानेन्द्र शाही करिब करिब ७ पटक उठेर जानुभएको छ। उहाँसँग केही असहमति छैन,’ उनले भने। 

त्यसबारेको जवाफमा उनले अघि भने, ‘प्रमुख सचेतकको जिम्मेवारीमा पनि हुनुहुन्छ, सरकारका कामहरूमा जानुभएको पनि हुनसक्छ।’

उनले बैठकमा असन्तुष्टि रहेको विषयमा आएका समाचारमा सत्यता नभएको दाबी गरे।

‘त्यो समाचार आएको छ भने, गलत हो। अभियोग लागेकालाई कारबाही भएको छ। अब उहाँहरूले क्षमा माग्ने, आत्मालोचना गर्ने काम भएपछि निलम्बन फुकुवा गर्ने निर्णय गरेका छौँ,’ अध्यक्ष लिङ्देनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .