ad ad

राजनीति


बजेटबारे फेरियो ओलीको बोली, भने– असन्तुष्टि होइन

बजेटबारे फेरियो ओलीको बोली, भने– असन्तुष्टि होइन

नेपालखबर
जेठ २०, २०८१ आइतबार १७:३१, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेटप्रति असन्तुष्टि नरहेको बताएका छन्। आइतबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन्।

बजेटप्रति असन्तुष्टि हो? भन्ने प्रश्नमा जवाफ दिँदै उनले असन्तुष्टि नरहेको तर छलफल गरेर बजेटट ल्याएको भए झनै राम्रो हुने प्रतिक्रिया दिए।
‘असन्तुष्टि होइन, छलफल गरेको भए अझ राम्रो हुन्थ्यो,’ उनले भने।

यसअघि उनले आजैमात्र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका थिए। ओलीले  हिजो (शनिबार) पार्टी संसदीय दलको बैठकमा बजेटमाथि असन्तुष्टि जनाउँदै अर्थमन्त्री वर्षमान पुन पार्टीतिर ढल्किएको टिप्पणी गरेका थिए।

संसदमा आजबाट आगामी आर्थिक वर्षको बजेटमाथि छलफल सुरु भएको छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .