ad ad

राजनीति


भारत भ्रमणको मुखमा राजदूत फिर्ताबारे प्रचण्डको प्रस्टीकरण– ध्यान नगएकै हो

भारत भ्रमणको मुखमा राजदूत फिर्ताबारे प्रचण्डको प्रस्टीकरण– ध्यान नगएकै हो

नेपालखबर
जेठ २८, २०८१ सोमबार १९:३७, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमणको मुखमा राजदूत फिर्ता बोलाउँदा ध्यान नपुगेको भनी प्रतिक्रिया दिएका छन्।

मन्त्रिपरिषद्ले जेठ २४ गते विभिन्न ११ देशमा रहेका राजदूत फिर्ता बोलाउने निर्णय गरेको थियो। त्यसमा भारतका लागि नेपाली राजदूत डा. शंकर शर्मा पनि थिए।

आफू भारत जान लागेका बेला राजदूत फिर्ता बोलाएकोबारे सञ्चारकर्मीले सोधेको प्रश्नमा प्रधानमन्त्री प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भने, ‘यो बेला पर्नुचाहिँ संयोग हो। त्यो कुरामा हामी कसैको पनि त्यति ध्यान गएन। क्याबिनेटमा यो विषय प्रस्तुत त भयो, दुई दिन रोक्न पनि सकिन्थ्यो, ध्यान नगएकै हो।’

उनले राजदूत शर्मालाई धन्यवाद दिएको पनि बताए। उनले भने, ‘उहाँ स्वागतमा आउनुभएको थियो र सबै कार्यक्रममा राजदूतका हैसियतले सक्रिय भूमिका खेल्नुभयो। मैले धन्यवाद भनेर आएको छु।’  

शर्मा कांग्रेसनिकट हुन्। माओवादी–कांग्रेस गठबन्धन छँदा २०७८ चैत ६ गते उनको नियुक्ति भएको थियो। त्यतिखेर कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री थिए।

कांग्रेस सरकारबाट बाहिरिएर एमाले प्रवेश गरेपछि विपक्षी दलनिकट राजदूत फिर्ता बोलाउने निर्णय सरकारले गरेको हो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .