ad ad

राजनीति


राजदूत फिर्ता बोलाउने सरकारको निर्णय पूर्वाग्रही : कांग्रेस

राजदूत फिर्ता बोलाउने सरकारको निर्णय पूर्वाग्रही : कांग्रेस

फाइल फोटो


नेपालखबर
जेठ २९, २०८१ मंगलबार १८:२२, काठमाडौँ

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले विभिन्न देशका राजदूतहरू हटाउने गलत निर्णय गरेको टिप्पणी गरेका छन्।

मंगलवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ उनले राजनीतिक पूर्वाग्रह साँधेर सरकारले भारत, अमेरिकालगायतका देशको हितमा काम गरिरहेका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेर गल्ती गरेको बताए।

प्रवक्ता महतले सरकारले देशको लागि नभई आफ्नो मान्छे पठाउनका लागि विभिन्न देशको राजदूत फिर्ता बोलाउने निर्णय लिएको आरोप पनि लगाए। सरकारले देशको लागि काम गर्ने नभई आफ्नालाई पठाउन राजदूत फिर्ता बोलाउने निर्णय लिएको उनको भनाई थियो।

प्रवक्ता महतले नेपालको हितमा काम गरिरहेका राजदूतहरुलाई फिर्ता बोलाउने सरकारको निर्णय उचित नभएको धारणा राखे।

उनले भने, ‘जुनसुकै सरकार भएपनि देशको हितका लागि उहाँहरुले काम गरिरहनुभएको छ। त्यसको बाबदुत यो जसरी गरियो पूर्वाग्रहपूर्ण तरिकाबाट। यो अत्यन्त व्यवसायिक हैसियत राख्ने केही महत्वपूर्ण राजदूतहरु हुनुहुन्छ। उहाँहरुले सिर्फ नेपालको हित कसरी हुन्छ? भनेर काम गरिरहनु भएको छ। उहाँहरुले कुन पार्टीको सरकार भनेर काम गरिरहनुभएको छैन। तापनि यो सरकारको के प्राथमिकता भयो भने मेरो मान्छे पठाउनु पर्‍यो।’

प्रवक्ता महतले प्रधानमन्त्रीको भारत भ्रमणअघि सो निर्णय लिनु झनै उपयुक्त नभएको प्रतिक्रिया पनि दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .