ad ad

राजनीति


३६ हजार १ सय ७ जना रवि लामिछानेहरू जन्माउनुपर्नेछ : अर्याल

३६ हजार १ सय ७ जना रवि लामिछानेहरू जन्माउनुपर्नेछ : अर्याल

नेपालखबर
भदौ २२, २०८१ शनिबार २१:४०, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्यालले देशमा करिब ३६ हजार १ सय ७ जना रवि लामिछानेहरू जन्माउनुपर्ने बताएका छन्। 

शनिबार रास्वपाको सिन्धुली–काठमाडौँ सम्पर्क विभाग गठन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले पार्टी सभापति लामिछानेको नाम लिँदै यस्तो बताएका हुन्। 

उनले देश बनाउन एउटा रवि लामिछाने मात्रै भएर नपुग्ने पनि जिकिर गरे। 

‘हामी को हौँ भनेर कहिलेकाहीँ चर्चा हुन्छ। म तपाईँहरूलाई अनुरोध गर्न चाहन्छु, हामीले करिब ३६ हजार १०७ जना रविहरू यो देशमा जन्माउनु पर्नेछ। ३६ हजार १०७ जना रविहरू यो देशमा जन्मियो भने अनि मात्र सायद यो देशले, देशको नागरिकले, रास्वपाले हामी को हौँ भन्दै गर्दा २०७९ असार ७ गते राष्ट्रिय सभागृहमा पार्टी सभापतिज्यूले जे बोल्नुभएको थियो। हामी त्यही रहिरहनेछौँ,’ उपसभापति अर्यालले भने। 

साथै, उनले आफ्नो पार्टी कतैपनि विचलित नभएको ठोकुवा गरे। ‘हामी त्यहाँबाट काहीँ विचलित भएका छैनौँ। हामी परिवर्तन भएका छैनौँ। बाजा नबजाईकन जन्ती आउँछ भने गाउँलेलाई थाहा हुँदैन। तर जन्ती आइसकेपछि बाजा बज्न थाल्छ त्यसपछि सबै गाउँलेलाई थाहा हुन्छ,’ उनले भने। 

अर्यालले अघि थपे, ‘जब मंसिर ४, वैशाख १० ले देखायो, सरकारमा गएर देखायौँ। त्यसपछि थाहा भयो सबैलाई यिनीहरू साँच्चै नै केही गर्न आएका रहेछन्। हामीले खाइरहेको, हामीले लिइरहेको भाग नै खोस्न आएका रहेछन्। यो देशको नागरिकलाई सुसूचित गर्न आएका रहेछन्। भ्रष्टाचारको अन्त्य गर्ने नै भए जस्तो छ यिनीहरूले त्यस कारण राजनीतिलाई ज–जसले पेसा बनाएर बसेका थिए ती पेसा बनाएर बस्नेहरू आत्तिने अवस्थाले गर्दा कहिलेलाई नेतृत्वलाई लखेटेजस्तो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .