जनता समाजवादी पार्टी (जसपा) नेपालको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ।
जनकपुरमा जारी जसपा एकताको पहिलो अधिवेशनको तेस्रो दिन आज नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुन लागेको जसपाका प्रवक्ता मनिष सुमनले जानकारी दिए।
‘बिहान साढे ८ बजेदेखि उम्मेदवारी दर्ताको प्रक्रिया चलिरहेको छ,’ उनले नेपालखबरसँग भने, ‘बिहान साढे १० बजेसम्म उम्मेदवारी दर्ताको लागि समय छुट्याइएको छ। मतदान दिउँसो चार बजेदेखि सुरु हुन्छ।’
बिहान साढे १० बजेदेखि साढे २ बजेसम्म मनोनयन पत्र फिर्ता लिनका लागि समय दिइएको छ। दिउँसो ३ बजे उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित हुनेछ।
जसपाको अध्यक्षमा उपेन्द्र यादव नै दोहोरिन निश्चित प्राय: छ। अहिलेसम्म जसपामा उपेन्द्रको विकल्पमा नेतृत्व दाबी गर्न कोही अघि सरेको छैन। तर, अध्यक्षबाहेकका अन्य पदमा भने धेरैले आकांक्षा देखाएका छन्।
Shares
प्रतिक्रिया