नेकपा एकीकृत समाजवादीको महाधिवेशन प्रतिनिधि हुनका लागि कम्तिमा तीन वर्ष पार्टी सदस्यता लिएर काम गरेको हुनुपर्ने मादपण्ड तोकेको छ। शुक्रबार पार्टी अध्यक्ष माधव कुमार नेपालले जारी गरेको अन्तर पार्टी निर्देशन (अपानी) मा यस्तो व्यवस्था उल्लेख गरिएको छ।
तर, सदस्यता प्राप्त गरेको मिति भने पूर्ववत् पार्टीमा संगठित सदस्यता प्राप्त गरेकै मितिदेखि गणना हुने बताइएको छ।
‘दशौँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधि चुनिनका लागि पार्टीको सङ्गठित पार्टी सदस्यता प्राप्त गरी कम्तिमा तीन वर्ष काम गरेको हुनुपर्ने छ,,’ अपानीमा भनिएको छ, ‘सङ्गठित पार्टी सदस्यता प्राप्त मिति पूर्ववत पार्टीमा सङ्गठित सदस्यता प्राप्त गरेको मितिदेखिकै गणना हुनेछ।’
तयस्तै, योग्यता नपुगेको व्यक्ति प्रतिनिधिमा छनोट भएमा प्रतिनिधि रद्द हुने पनि अपानीमा जनाइएको छ। प्रतिनिधि छनोट २०८१ असार ५ गते देशभरीका सबै निर्धारित क्षेत्रमा एकैदिन गर्ने पनि अपानीमा बताइएको छ।
Shares
प्रतिक्रिया