ad ad

राजनीति


देश विकासका लागि सरकारमा गएका हौँ, त्यही नभएपछि कसरी सन्तुष्ट हुने : ओली

देश विकासका लागि सरकारमा गएका हौँ, त्यही नभएपछि कसरी सन्तुष्ट हुने : ओली

नेपालखबर
असार १, २०८१ शनिबार १८:१७, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले विकासका काममा आवश्यक ध्यान दिन नसकेको टिप्पणी गरेका छन्।

शनिबार संसद भवनस्थित ल्होत्से हलमा बसेको संसदीय दलको बैठकमा बोल्दै उनले एमाले देशलाई गरिबीतिर जानबाट रोकेर विकास गर्न सरकारमा गएको तर विकास नै नभएपछि सन्तोष जनाउने ठाउँ नरहेको बताए। 

‘हामी सरकारमा किन भएको भन्दा देशलाई गरिबीतिर जानबाट रोकेर विकासतर्फ अगाडि बढाउनका लागि सरकारमा गएको हो। त्यही चिज हुँदैन भने सन्तोष कसरी मान्ने,’ ओलीको भनाइ थियो,  थियो, ‘हामीले नै चलाइरहेका मन्त्रालयहरुको कस्तो छ स्थिति? त्यसमा कस्तो छ त्यसको विनियोजन? त्यो पनि हेर्नुपर्ने हुन्छ। यि सबै विषयमा साथीहरुले खुलेर छलफल गर्नुस्।’

उनले नेकपा एमालेले चलाइरहेको मन्त्रालयको स्थिति, मन्त्रालयमा बजेट विनियोजन कस्तो छ भन्नेकुराको समीक्षा गर्न जरुरी रहेको पनि बताए। 

मन्त्रालयगत बजेट विनियोजनका बारेमा खुलेर छलफल गर्न आग्रह गर्दै उनले ठिक ठाउँको छलफल, सुझाव, निर्णयबाट मात्रै स्थितिमा परिवर्तन ल्यानउ सकिने जिकिर गरे। 

‘हामी प्रतिक्रियावादी शक्तिहरु जस्तो, विचार शुन्य, नीति शुन्य, उद्देश्य शुन्य, स्वार्थका थैलाहरु बोकेर ति स्वार्थका थैलाहरु भर्नका लागि अशिष्टता, असभ्यता, अमर्यदा, अलोकतान्त्रिक तरिकाहरु अवलम्वन गर्ने त्यस्ता खालका भ्रमका तुवाँलाहरु फैल्याउने क्रमका विपरित क्रियाकलापहरुमा हामी लाग्दैन,’ ओलीले भने।

स्वार्थका थैलाहरू भर्नका लागि अशिष्टता, असभ्यता, अमर्यदा, अलोकतान्त्रिक तरिकाहरु अवलम्वन गर्ने काममा एमाले नलाग्ने पनि उनले बताए।

‘बजेटको सन्दर्भमा भएको कति ठिक, कति बेठिक त्यो अलि छलफल गर्नुपर्ने हुन्छ। एक दुई जनाको मुख हेरेर हामी सरकारमा छाँै भनेर गरिबीतिर गएपनि के भयो र?,’ उनले भने, ‘फेरि हामीले खण्डन मण्डन त गर्नुपर्ने हुन्छ। हाम्रो पार्टीकाविरुद्ध उनीहरुको हमला अत्यन्त तिब्र छ। नयाँ कुरा दिनैपिच्छे अकल्पनिय कुराहरु उनीहरुले आविष्कार गरेर बजारमा फैल्याउँछन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .