ad ad

खेल


टी-२० विश्वकप: सुपर ८ को चौथो खेलमा डीएलएस मेथडबाट अस्ट्रेलियाको जित

टी-२० विश्वकप: सुपर ८ को चौथो खेलमा डीएलएस मेथडबाट अस्ट्रेलियाको जित

नेपालखबर
असार ७, २०८१ शुक्रबार १४:१२, काठमाडौँ

टी-२० विश्वकपको सुपर ८ को चौथो खेलमा अस्ट्रेलियाले डीएलएस मेथडबाट जित हासिल गरेको छ।

अस्ट्रेलियाले टस जितेर बलिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ८ विकेट गुमाएर १४० रन बनायो। 

यो खेलमा अस्ट्रेलियाका फास्ट बलर प्याट कमिन्सले ह्याट्रिक विकेट लिए। प्याट कमिन्सले १८औं ओभरको अन्तिम दुई बलमा महमुदुल्लाह र मेहदी हसनलाई आउट गरे।

२०औं ओभरको पहिलो बलमा तौहिद हृदयलाई आउट गरेर टी-२० विश्वकपमा ह्याट्रिक विकेट लिने उनी सातौं खेलाडी बने।

१४१ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले ११.२ ओभरमा दुई विकेट गुमाएर १०० रन बनायो।

त्यसपछि पानी परेकाले खेल रोक्नुपर्‍यो। 

अस्ट्रेलियाका लागि डेभिड वार्नरले ३५ बलमा सर्वाधिक अविजित ५३ रन बनाए।

लामो समयको वर्षाका कारण अस्ट्रेलियाली टोलीलाई ‘डीएलएस’ मेथडअनुसार विजयी घोषित गर्‍यो। 

उत्कृष्ट बलिङका लागि प्याट कमिन्स म्यान अफ द प्लेयर घोषित भए।

अस्ट्रेलियाको टोलीले यस टी–२० विश्वकपमा एउटा पनि खेल हारेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .