ad ad

राजनीति


दुई दशकपछि नेपाल र चीन सीमाका विषयमा छलफलमा जुट्दै

दुई दशकपछि नेपाल र चीन सीमाका विषयमा छलफलमा जुट्दै

नेपाल–चीन सीमा कानुन कार्यन्वयन गर्नेबारे सम्झौतामा हस्ताक्षर गर्दै रसुवाका तत्कालीन प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपाने र चीनका स्थानीय सुरक्षा अधिकारी।


नेपालखबर
असार १, २०८१ शनिबार २१:४, काठमाडौँ

झण्डै दुई दशकपछि नेपाल र चीन सीमाका विषयमा छलफलमा बस्ने भएका छन्।

परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईका अनुसार आगामी हप्ता चीनको राजधानी बेइजिङमा सीमा सम्बन्धी संयुक्त विज्ञ समूहको बैठक बस्न लागेको हो। 

असार ५ र ६ गते बस्ने बैठकका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व नापी विभागका महानिर्देशक प्रकाश जोशीले गर्नेछन् । प्रनिनिधिमण्डलमा परराष्ट्र, गृह र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रतिनिधि रहनेछन्।

उता चिनियाँ प्रतिनिधमण्डलको नेतृत्व भने चिनियाँ विदेश मन्त्रालय अन्तर्गतको सीमा तथा महासागर मामिला विभागका महानिर्देशक ह्वोङ लियाङले गर्नेछन्।

सीमा सम्बन्धी संयुक्त विज्ञहरुको समूहको बैठक १८ वर्षअघि काठमाडौंमा बसेको थियो। नेपाल र चीनबीचको प्रथम सीमा वार्ता भने सन् १९६१ मा भएको थियो।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार झण्डै दुई दशकपछि बस्न लागेको बैठकमा नेपाल–चीन सीमाको अवस्था, सीमा क्षेत्रका विवाद, संयुक्त सीमा अनुगमन गर्ने मिति तोक्ने, सीमा व्यवस्थापन प्रणालीमा हस्ताक्षर गर्ने लगायतका विषयमा छलफल हुने छ। 

नेपाल–चीन सीमाको लम्बाई १३८९ किलो मिटर रहेको छ। दुई देशबीच सीमा सम्बन्धी अहिलेसम्म कुनै ठूला विवाद उत्पन्न भएका छैनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .