ad ad

राजनीति


प्रधानमन्त्रीले भने– आईजीपी परिवर्तन गर्ने कुरा हल्ला मात्रै

प्रधानमन्त्रीले भने– आईजीपी परिवर्तन गर्ने कुरा हल्ला मात्रै

नेपालखबर
असार ३, २०८१ सोमबार १२:६, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले प्रहरी संगठन प्रमुख (आईजीपी) परिवर्तन नहुने दाबी गरेका छन्। 

सोमबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीले राखेको जिज्ञासाको जवाफ दिँदै उनले आईजीपी परिवर्तनबारे आएका समाचारहरू र्‍युमर मात्रै रहेको बताए। 

‘अस्तिको दिनमात्रै तीनवटा आईजीपीलाई बोलाएर भनेको छु, अहिले केही परिवर्तन हुँदैन,’ प्रधानमन्त्री प्रचण्डले अघि भने, ‘तपाईंहरू ढुक्कसँग काम गर्नुस् भनेर भनिसकेको छु। त्यही स्पिडमा उहाँहरूले काम गर्नुभएको छ।’

उनले अहिले चलिरहेको हल्लालाई र्‍युमर मात्रै रहेको बताए। ‘अहिले आईजीपी परिवर्तन हुँदैन, यो र्‍युमर मात्रै हो,’ उनले भने। 

साथै, उनले अहिलेको सत्ता समीकरणमा कुनै परिवर्तन नहुने पनि बताए। 

तपाईंले उथलपुगल गर्ने बेला त भएको छैन नि? भन्ने सञ्चारकर्मीको जिज्ञासामा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘भा छैन। यो जान्छ, राम्रैसँग जान्छ। बाहिर कतिपय सन्दर्भमा मिडियामा आउने र्‍युमरहरूमा कुनै सत्यता छैन।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .