ad ad

राजनीति


कानुनमन्त्री गिरी र नेपाल भ्रमणमा आएका चिनियाँ सर्वोच्च अदालतका न्यायाधीशबीच भेटवार्ता

कानुनमन्त्री गिरी र नेपाल भ्रमणमा आएका  चिनियाँ सर्वोच्च अदालतका न्यायाधीशबीच भेटवार्ता

नेपालखबर
असार ४, २०८१ मंगलबार १९:४१, काठमाडौँ

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी र नेपाल भ्रमणमा रहेका  चीनको सर्वोच्च अदालतका न्यायाधीश लिउ गुइसियाङबीच शिष्टाचार भेटवार्ता भएको छ। 

मंगलवार सिंहदरबारस्थित मन्त्रालयमा मन्त्री गिरी र गुइसियाङबीच शिष्टाचार भेट भएको हो। भेटको अवसरमा मन्त्री गिरीले न्यायाधीश गुइसियाङको नेपाल भ्रमणप्रति खुशी व्यक्त गरे।

उनले नेपाल र चीनबीच सदियौंदेखि  रहीआएको घनिष्ठ सम्बन्धका बारेमा चर्चा गर्दै नेपाल एक चीन नीतिप्रति पूर्ण प्रतिवद्ध रहेको कुरा व्यक्त गरे। 

नेपालले चीनसँगको सम्बन्धलाई उच्च महत्व दिएको र आगामी दिनमा पनि दुई देशका जनताको हितका लागि कानून तथा न्यायको क्षेत्रमा समेत आपसी सहयोग अभिवृद्धि हुने विश्वास मन्त्री गिरीले व्यक्त गरे।

भेटका क्रममा चीनका न्यायाधीशले एक चीन नीतिप्रतिको नेपालको प्रतिवद्धताको प्रसंसा गर्दै कानून तथा न्यायको क्षेत्रमा विगत केही वर्षदेखि नेपालको न्यायपालिका र चीनको न्यायपालिकाबीच अनुभव आदानप्रदान भइरहेकाे भन्दै त्यसलाई निरन्तरता दिइने धारणा व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .