ad ad

राजनीति


गृहमन्त्री लामिछानेविरुद्धको रिट न्यायाधीशद्वय प्रधान र सुवेदीको इजलासमा

गृहमन्त्री लामिछानेविरुद्धको रिट न्यायाधीशद्वय प्रधान र सुवेदीको इजलासमा

नेपालखबर
असार ७, २०८१ शुक्रबार ११:३९, काठमाडौँ

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई निलम्बन गर्न माग गर्दै सर्वाेच्च अदालतमा दर्ता रिट निवेदन सुनुवाइका लागि आज (शुक्रबार) पेसी तोकिएको छ। 

लामिछानेविरुद्धको मुद्दा न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारंगा सुवेदीको इजलासमा पेसी तोकिएको हो। 

सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको समेत जाहेरी परेको दाबी गर्दै अधिवक्ता अनुपम भट्टराईले रिट निवेदन दर्ता गराएका हुन्। 

महान्यायाधिवक्ताको कार्यालयले गृहमन्त्री लामिछानेलाई क्लिन चिट दिँदै कुनै पनि जिल्लामा अनुसन्धान,अभियोगपत्र र जाहेरी नपरेको भनी पत्र लेखेको थियो। 

सर्वोच्चले पोखरामा दर्ता भएको जाहेरीदेखि रुपन्देही जिल्ला अदालतमा पेस अभियोग पत्रसम्म मगाउने आदेश दिएको थियो। 

सर्वोच्चमा पोखराको सूर्यदर्शन र बुटवलको सुप्रिम सहकारी ठगीबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरेको अध्ययन प्रतिवेदन पनि पेस भइसकेको छ।

यी प्रमाणका आधारमा दुवै पक्षको बहस सुनेर सर्वोच्चले निर्णय गर्नेछ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .