ad ad

राजनीति


आइतबारदेखि संसद् बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेसको ह्विप

आइतबारदेखि संसद् बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेसको ह्विप

नेपालखबर
असार ७, २०८१ शुक्रबार १८:४९, काठमाडौँ

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद्को आगामी बैठकमा अनिवार्य उपस्थित हुन सांसदहरूलाई ह्विप जारी गरेको छ। 

शुक्रबार दिउँसो बसेको संसदीय दलको बैठकले संघीय संसद्को बैठकमा उपस्थित हुन ह्विप जारी गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए। 

संसद्को आगामी बैठक ९ गतेका लागि बोलाइएको छ। सोही दिन आगामी आर्थिक वर्षको बजेट पारित गर्ने तयारी गरिएको छ। 

‘९ गतेदेखि विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत नहुँदासम्मका सबै बैठकमा सबै माननीय सदस्यको अनिवार्य उपस्थिति हुनुपर्छ भनेर निर्देश गरिएको छ,’ बैठकपछि प्रमुख सचेतक लेखकले भने।

साथै, उनले ह्विप अनुसार उपस्थित हुन सबै सांसदहरूलाई भनेको छ। 

‘दलको ह्विप अनुसार गर्नुहुन भनेर हामीले भनेका छौँ,’ उनले भने। 

बजेटबारे आफ्नो पार्टीको पोजिसन कस्तो रहने भन्ने त्यही बेलामा निर्णय लिने पनि उनले बताए। 

‘बजेटमा के पोजिसन राख्ने भनेर त्यही बेलामा निर्णय गर्छौँ,’ उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .