ad ad

राजनीति


सञ्चारमन्त्रीलाई रास्वपाको ध्यानाकर्षण- राजमार्गमा मोबाइल नेटवर्कको विकल्प खोज्नू

सञ्चारमन्त्रीलाई रास्वपाको ध्यानाकर्षण- राजमार्गमा मोबाइल नेटवर्कको विकल्प खोज्नू

नेपालखबर
असोज १८, २०८१ शुक्रबार १९:४२, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिरोबाट प्रभावित नागढुङ्गादेखि मुग्लिनसम्म मोबाइल नेटवर्कको समस्या समाधान गरिदिन सरकारसँग माग गरेको छ।

रास्वपाको उपसभापति एवं प्रतिनिधिसभा सदस्य डोलप्रसाद अर्यालले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङलाई आज ध्यानार्कषणपत्र बुझाउँदै अस्थायी समाधानका लागि ‘मोबाइल भ्यान’को विकल्पबारे अवगत गराएका हुन्।

प्राकृतिक विपद्ले पृथ्वी राजमार्गअन्तर्गत नागढुंगादेखि मुग्लिनसम्म धेरै स्थानमा पहिरोका कारण बाटो एकतर्फी मात्र सञ्चालनमा रहेको उल्लेख गर्दै सांसद अर्यालले तत्काल सम्बन्धित निकायमा निर्देशन गर्न एवं स्थायी समाधानका लागि नेपाल टेलिकम र एनसेललाई उचित निर्देशन दिन आग्रह गरे।

‘यी क्षेत्रमा मोबाइलको नेटवर्क नचल्ने समस्या भएकाले यात्रुहरु आफन्तजनसँग सम्पर्क विच्छेदको अवस्थामा छन्’, ध्यानार्कषणपत्रमा भनिएको छ, ‘यसका लागि तुरून्त सम्बन्धित निकायमा निर्देशन गर्न एवं स्थायी समाधानका लागि नेपाल टेलिकम र एनसेललाई उचित निर्देशन दिनहुन अनुरोध छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .