ad ad

राजनीति


राजदूत नियुक्ति सच्याइन्छ : प्रधानमन्त्री प्रचण्ड

राजदूत नियुक्ति सच्याइन्छ : प्रधानमन्त्री प्रचण्ड

नेपालखबर
असार ११, २०८१ मंगलबार १३:१७, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले विभिन्न देशमा गरेको राजदूत नियुक्ति सच्याइने बताएका छन्। 

मंगलबार प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष २०८१/०८२ मा परराष्ट्र मन्त्रालयबाट विनियोजित बजेटमाथि उठेको प्रश्नको जवाफ दिँदै उनले कमी, कमजोरी रहेको भए राजदूत नियुक्ति सच्याइने बताएका हुन्। 

राजदूत नियुक्त गर्दा आफूले मेरिटको आधारमा व्यक्तिको नाम दिन आग्रह गरेको भन्दै आएको नामलाई नियुक्त गरेको प्रधानमन्त्री प्रचण्डको भनाइ थियो। 

‘अब कति मेरिटमा परे, परेनन्। कतिको मेनपावरसँग छ, भन्ने जो प्रश्न उठेको छ, यो उठेका प्रश्नको सन्दर्भमा म सम्बन्धितहरूसँग छलफल गरेर यदी त्यहाँ केही कमी रहेछ भने सच्याइन्छ,’ उनले भने, ‘यो विश्वास दिलाउन चाहन्छु। मेरिटकै आधारमा यो अगाडी बढोस् भन्ने हाम्रो धारणा पनि म प्रष्ट रुपमा राख्न चाहन्छु।’

मेरिटमा परे नपरेको सन्दर्भमा सम्बन्धित व्यक्तिसँग छलफल गर्ने र कमजोरी गरिएको रहेछ भने सच्याइने उनले बताए। 

‘राजदूत नियुक्तिको सन्दर्भमा कुनै पार्टी विशेषको कुरा नभइकन पार्टीले प्रस्तुत गर्दा मेरिटको आधारमा योग्य मान्छे प्रस्तुत गर्नुपर्‍यो। ताकि त्यसले देशको प्रतिष्ठाको लागि पनि, अन्य कामहरूमा पनि राम्रो योगदान गर्न सकियोस् भनिएको थियो,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘मैले त्यतिखेर नेपाली कांग्रेसका सभापतिलाई भनेको थिए, तपाईंले योग्य मान्छे दिनुभयो। अहिले पनि मैले योग्य मान्छे दिनुपर्‍यो। मेरिटको आधारमा दिनुपर्‍यो भनेको हो।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .