ad ad

राजनीति


देश दौडाहापछि महामन्त्रीले रास्वपामा बजाए ‘घन्टी’– पार्टी दुर्घटनामा पर्न सक्छ

३२ जिल्ला घुमेर ३२ दिनमा लेखिएको ३२ पेजको प्रतिवेदन
देश दौडाहापछि महामन्त्रीले रास्वपामा बजाए ‘घन्टी’– पार्टी दुर्घटनामा पर्न सक्छ

फाइल तस्बिर


नेपालखबर
असार १२, २०८१ बुधबार १६:३, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले पार्टी दुर्घटनामा पर्न लागेको निष्कर्ष लिकालेका छन्।

पार्टीको मत बुझ्न देश देश दौडाहामा निस्केका उनले ३२ जिल्ला घुमेपछि तयार पारिएको प्रतिवेदनमा पार्टी अहिलेकै तरिकाले चल्दै गएमा दुर्घटनामा पर्ने निश्चित रहेको उल्लेख गरेका हुन्। 

‘मैले पार्टी दुर्घटनामा जाँदै छ भन्ने स्पष्ट देखेँ,’ प्रतिवेदनबारे नेपालखबरसँग कुराकानी गर्दै ढकालले भने, ‘अहिलेको अवस्थामा यही तरिकाले दुर्घटना हुन्छ ।’ उनले पार्टी सभापति रवि लामिछानेलाई आजै उक्त प्रतिवेदन बुझाउँदै छन्। 

गृहमन्त्रालयमा पुगेर साँझ ६ बजे पार्टी सभापतिलाई प्रतिवेदन बुझाउन लागेको उनले बताए। ३२ जिल्ला घुमेर ३२ दिन लगाएर ३२ पृष्ठको प्रतिवेदन लेखेको ढकालले सुनाए।

३२ जिल्ला घुम्दा वर्तमान अवस्थामा पार्टीको जनतम नदेखिएको भन्दै उनले यही अवस्थामा अहिले चुनाव हुने हो भने प्रत्यक्षमा एक–दुई सिटभन्दा धेरै जित्ने अवस्था नदेखिएको बताएका छन्। 

भोलिका दिनहरूमा आजकै स्थिति अनुसार अघि बढे पार्टीको हालत विवेकशीलको जस्तो हुने उनको भनाइ छ। प्रतिवेदनमा ढकालले महाभारतको उदाहरण दिंदै आफूले देखेको वास्तविक कुरा बताउँदा आफ्नो पद नै गएपनि पार्टीको लागि त्यो वास्तविकता बताउनुपर्ने आवश्यकता ठानेर प्रतिवेदन तयार गरेको उल्लेख गरेका छन्। 

आफूलाई आफ्नो पार्टीको माया र चिन्ता रहेको भन्दै उनले आगामी राजनीतिक जीवनको लागि घातक नै भएपनि वास्तविक कुरा बाहिर ल्याएको बताएका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .