ad ad

राजनीति


नयाँ वाम विकल्प दिने गरी पार्टीको नेतृत्व चयन हुन्छ : घनश्याम भुसाल

नयाँ वाम विकल्प दिने गरी पार्टीको नेतृत्व चयन हुन्छ : घनश्याम भुसाल

नेपालखबर
असार १५, २०८१ शनिबार १५:१३, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नयाँ वाम विकल्प दिने गरी पार्टीको नेतृत्व चयन हुने बताएका छन्। 

शनिबार काठमाडौँमा आयोजित पार्टीको पत्रकार सम्मेलनमा बोल्दै उनले समस्या समाधान गर्नुपर्ने कुराहरुलाई ध्यानमा राखेर कार्यक्रमहरू ल्याउने जानकारी गराए। 

समाजवादी कार्यक्रम ल्याउने, स्थापित गर्ने, मुलुकमा वाम विकल्प दिने गरी नेतृत्व निर्माण गर्ने उनको प्रतिबद्धता छ। 

विगतमा असाधारण वाम विकल्प रहेको र अहिले भत्किएको भन्दै त्यसलाई समेत जोड्ने गरी नेतृत्व चयन हुने भुसालले जिकिर गरे।

‘हामी विस्तृत छलफलका साथ म फेरि पनि त्यो संकल्पका हिसाबले भन्दैछु। आगामी दिनमा हामीले समाधान गर्नुपर्ने सबै समस्यालाई समाधान गर्दै समाजवादी कार्यक्रमलाई बोक्ने, स्थापित गर्ने र मुलुकमा एउटा वाम विकल्प, जति सकिन्छ छिटो दिने हो,’ उनले भने, ‘हिजो एउटा वाम विकल्प थियो, असाधारण वाम विकल्प थियो, त्यो भत्किएको थियो, भत्किएको छ, त्यसलाई समेत जोड्ने र इतिहासको त्यो दायित्वलाई पनि पूरा गर्नसक्ने गरी हाम्रो नेतृत्व एकताबद्ध भएर हाम्रो नेतृत्व चयन गर्नेछौँ।’ 

महासचिव भुसालले पार्टीको महाधिवेशनबाट पारित दस्तावेजले दशकौँसम्म कम्युनिस्ट आन्दोलनलाई दिशा निर्देशित गर्ने पनि बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .