ad ad

राजनीति


दुध किसानले सरकारसँग भिख होइन, पसिनाको मूल्य मागेका हुन् : बास्कोटा

दुध किसानले सरकारसँग भिख होइन, पसिनाको मूल्य मागेका हुन् : बास्कोटा

फाइल


नेपालखबर
असार १३, २०८१ बिहिबार १४:३२, काठमाडौँ

नेकपा एमालेका सांसद गोकुल बास्कोटाले दुग्ध किसानहरूले सरकारसँग भिख नभइ पसिनाको मूल्य माग गरेको बताएका छन्। 

बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद बास्कोटालेसरकारले दुग्ध किसानहरुको करिव एक वर्षदेखिको माग सम्बोधन गर्न नसकेको भन्दै दुग्ध किसानको ५ अर्ब बढीको रकम भुक्तानी तत्काल गर्न ध्यानाकर्षण गराए। 

दुग्ध किसानहरूले न्याय पाउनको लागि अब सडक आन्दोलन नभएर फ्रान्सको जस्तो गरी ट्याक्टर, गाई भैँसी सडकमा छोड्नुपर्ने हो? भन्दै प्रश्नसमेत गरे।

‘दुग्ध किसानहरूले सरकारसँग ५ अर्ब बढी रकम पाउन सकेका छैनन्। किसानले नङ्ग्रा ख्याएको,पसिना बगाएर परिवार र घर चलाउन चाहेको कुरालाई महिनौंदेखि भुक्तानी नदिएर किन रुवाउँदै छौँ,’ उनले भने, ‘किसानलाई रुवाएर सरकार हासेर बस्ने हो? जनताको सरकार होइन? जनताप्रति जवाफ दिनुपर्छ कि पर्दैन? अहिले पनि दुग्ध विकास संस्थाले १ अर्ब ५५ करोड भन्दा माथि भुक्तानी गर्न बाँकी छ। प्राइभेट सेक्टर व्यापारमा मात्रै लिप्त छ। नाफामा मात्रै लिप्त छ जवाफदेहिता छैन।’

दुग्ध किसानहरूले सरकारसँग ५ अर्ब बढी रकम भुक्तानी नदिँदा किसानले नङ्ग्रा ख्याएको, पसिना बगाएर पनि घर चलाउन समेत रुवाउनुपर्ने अवस्थाको अन्त्य सरकारले गर्न आवश्यक रहेको बताए। 

वर्तमान सरकार दुग्ध लगायत अन्य किसानहरुलाई समेत रुवाएर आफू हासेर बस्न नसुहाउने उनको भनाइ थियो। 

‘सरकार अनुदान पनि नदिने र दुग्ध विकास संस्थान सुधार गर्न पनि दिने अवस्था छ। २४ लाख ६० हजार लिटर मासिक दुग्ध खरिद हुन्छ। किसानहरू कसरी बस्ने? मल, बीउ, लुगा किन्न र बच्चाको फि तिर्न रकम छैन। बुबा आमा विरामी छन सिटामोल किन्न पैसा छैन। सरकार यस्तो खालको रमिता हेरेर बस्न मिल्छ की मिल्दैन?’, बास्कोटाले भने।

उनले लम्पी स्किनलाई लिएर अर्बौंको क्षति हुँदा समेत किसानहरूले बीमाको रकम लगायत गाईको मूल्य नपाएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .