ad ad

राजनीति


सरकारी वकिल कार्यालयमा सुनील शर्माको बयान– प्रमाणपत्रमा अख्तियारबाट ‘क्लिनचिट’ पाइसकेँ

सरकारी वकिल कार्यालयमा सुनील शर्माको बयान– प्रमाणपत्रमा अख्तियारबाट ‘क्लिनचिट’ पाइसकेँ

फाइल तस्बिर


नेपालखबर
असार १७, २०८१ सोमबार १९:२७, काठमाडौँ

नेपाली कांग्रेसका सांसद सुनीलकुमार शर्मासँग सरकारी वकिल कार्यालयले बयान लिएको छ। नक्कली प्रमाणपत्रबारे उनीमाथि लागेको आरोपबारे सांसद शर्माले आइतबार सरकारी वकिलको कार्यालय पुगेर बयान दिएका हुन्।

सीआईबी स्रोतले दिएको जानकारी अनुसार, उनले बयानका क्रममा आफूले प्रमाणपत्रमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट ‘क्लिनचिट’ पाइसकेको दाबी गरेका छन्। 

साथै, यस प्रकरणमा सरकारी निकायले आफूमाथि नियोजित रुपमा अनावश्यक दुःख दिएको उनले बयानका क्रममा भनेका छन्।

‘मैले पहिला नै अख्तियारले पनि क्लिन चिट पाइसकेँ। एउटै विषयमा मलाई सरकारका निकायले बारम्बार दुःख मात्रै दिएका छन्,’ सीआईबी स्रोतले नेपालखबरसँग भन्यो। 

उनले यो बयान दिएपछि सीआईबीले अख्तियारबाट यसअघि भएका छानबिनका कागजपत्रहरू झिकाउने भएको छ। 

शर्माले एमबीबीएस पढ्न चीनको विद्यालयमा पेस गरेको प्रवीणता प्रमाण पत्र तह (आईएससी) को प्रमाणपत्र नै नक्कली रहेको भन्दै सीआईबीले अघिल्लो वर्ष साउन २५ गते उनलाई पक्राउ गरेको थियो। 

शर्मासहितका केही चिकित्सकले भारतीय नक्कली प्रमाण पत्रहरू पेस गरी नेपाल मेडिकल काउन्सिलमा दर्ता गरिएको भन्दै सीआईबीले अपरेसन क्वाक चलाएको थियो। त्यसै क्रममा उनीसहित केही चिकित्सक पक्राउ परेका थिए। 

पक्राउ परेको भोलिपल्टै शर्मालाई थुनाबाहिरै राखेर अनुसन्धानन अघि बढाउने गरी जिल्ला अदालत काठमाडौँले आदेश दिएको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .