ad ad

राजनीति


अब के गर्लान् प्रचण्ड : राजीनामा कि विश्वासको मत?

अब के गर्लान् प्रचण्ड : राजीनामा कि विश्वासको मत?

नेपालखबर
असार १८, २०८१ मंगलबार ९:२१, काठमाडौँ

सत्ता साझेदार दल नेकपा एमालेले प्रतिपक्षी नेपाली कांग्रेससँग साझेदारीका लागि सहमति गरेपछि नेकपा माओवादी केन्द्र आन्तरिक छलफलमा छ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमै पदाधिकारी बैठक बोलाएका छन्।

एमालेले आजै आफ्ना मन्त्री फिर्ता बोलाउने र प्रधानमन्त्रीलाई दिएको समर्थन पनि कायम नरहेको घोषणा गर्नेछ।

त्यसपछि प्रधानमन्त्री औपचारिक रूपमा अल्पमतमा पर्नेछन्।

अल्पमतमा परिसकेपछि प्रचण्डसँग दुई विकल्प हुनेछन्।

एक- राजीनामा दिने। 

अर्को- विश्वासको मत लिने। 

राजीनामा दिन कुनै साइत कुर्नुपर्दैन। यो कुनै संवैधानिक वा कानुनी बाध्यता पनि होइन। केवल स्वेच्छाले लिने निर्णय हो।

एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सहमतिको सरकार बनाउन मार्गप्रशस्त गर्न प्रधानमन्त्री प्रचण्डलाई सोमबारै आग्रह गरिसकेका छन्।

विश्वासको मत लिन भने प्रधानमन्त्रीलाई ३० दिनको सुविधा संविधानले नै दिएको छ।

यत्रो दिनमा आफ्ना पक्षमा वातावरण बनाउन सकिन्छ भन्ने लागेमा प्रधानमन्त्रीका प्रयास त्यसतर्फ पनि केन्द्रित हुन सक्छन्।

तर कांग्रेस वा एमालेमध्ये एउटा शक्ति उनका पक्षमा नउभिएसम्म त्यो सम्भव छैन।

त्यसो त माओवादी नेताहरूले अब संविधानको धारा ७६ उपधारा ३ अनुसार सरकार बन्नुपर्ने तर्क पनि गर्न सक्नेछन्।

त्यो भनेको संसद्‌को सबैभन्दा ठूलो दलको नेता प्रधानमन्त्री बन्ने हो।

त्यसो हुँदा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्छन्।

देउवा प्रधानमन्त्री हुँदा ओलीलाई जिल्याउन पाउने माओवादीको दाउ पनि हुन सक्छ।

उपधारा ३ अनुसार देउवा प्रधानमन्त्री भएमा आफूले समर्थन गर्ने सक्ने वचन पनि माओवादीले दिन सक्छ।

तर ओली र देउवा भने उपधारा २ अर्थात् गठबन्धनको सरकारकै लागि प्रक्रिया राष्ट्रपतिले अगाडि बढाउने विश्वासमा छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .