ad ad

राजनीति


कांग्रेसको स्पष्टीकरण– देउवा र ओली राष्ट्रपति कार्यालय पुगेका छैनन्

कांग्रेसको स्पष्टीकरण– देउवा र ओली राष्ट्रपति कार्यालय पुगेका छैनन्

नेपालखबर
असार १८, २०८१ मंगलबार १०:३६, काठमाडौँ

नेपाली कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार राति राष्ट्रपति रामचन्द्र पौडेलसँग कुनै भेटवार्ता नगरेको बताएको छ। 

पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले विभिन्न सञ्चारमाध्यममा राष्ट्रपति कार्यालयमा देउवा र ओली पुगेको भन्ने खबर आएको भन्दै त्यसमा सत्यता नभएको बताएका हुन्। 

‘हिजो विभिन्न सञ्चारमाध्यममा राति हाम्रो पार्टी सभापति र ओलीजी राष्ट्रपति कार्यालयमा पुग्नुभयो भन्ने खबर आयो, त्यसमा कुनै सत्यता छैन,’ उनले भने। 

त्यस्तै, संविधान संशोधनको विषयमा आयोग नै बनेको र ड्राफ्ट नै बनेको भन्नेबारेमा कुनै सहमति नभएको उनले बताए। 

‘अहिले मुलभूत रुपमा स्थिरता, आर्थिक विकासमा देखिएको समस्या समाधान गर्नका लागि ठूला दलहरू एक ठाउँमा आएर समाधान दिने भन्नेगरी यो भएको हो,’ उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .