ad ad

राजनीति


प्रचण्ड लक्षित बाबुरामको टिप्पणी: सबैलाई सधैँभरि ठग्न सकिन्न!

प्रचण्ड लक्षित बाबुरामको टिप्पणी: सबैलाई सधैँभरि ठग्न सकिन्न!

फाइल तस्बिर


नेपालखबर
असार १८, २०८१ मंगलबार १३:१२, काठमाडौँ

नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष बाबुराम भट्टराईले कांग्रेस एमालेबीच भएको सत्तायात्राको सहमतिलाई लिएर प्रधानमन्त्री प्रचण्डलाई व्यंग्य गरेका छन्।

उनले कांग्रेस- एमालेबीचको सहमतिले प्रधानमन्त्री प्रचण्डको ठगीको समय सकिएको भन्दै व्यंग्य गरेका हुन्। 

‘चर्चित भनाइ छ, ‘केहीलाई सधैँभरी ठग्न सकिन्छ। सबैलाई केहीबेर ठग्न सकिन्छ। तर सबैलाई सधैँभरि ठग्न सकिन्न’ सन्दर्भ बुझौँ !’ उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्।

प्रचण्डका पुराना सहयात्री भट्टराई पछिल्लो समय प्रधानमन्त्री प्रचण्डसँग निकै रुष्ट छन्। 

प्रचण्डलाई चुनाव जित्न आफ्नो निर्वाचन क्षेत्र गोरखा-२ छाडेपनि निर्वाचित भएपछि आफूलाई प्रचण्डले पटक-पटक धोका दिँदै आएको गुनासोसमेत भट्टराईले गर्दै आएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .