ad ad

राजनीति


गिरिजाप्रसादको फोटो प्रदर्शनी हेर्न सानेपामा ओली, देउवाले गरे स्वागत (तस्बिरहरू)

गिरिजाप्रसादको फोटो प्रदर्शनी हेर्न सानेपामा ओली, देउवाले गरे स्वागत (तस्बिरहरू)

तस्बिर : बालकोट


नेपालखबर
असार १८, २०८१ मंगलबार १४:१२, काठमाडौँ

स्व. गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्मयन्तीको उपलक्ष्यमा नेपाली कांग्रेसले आयोजना गरेको फोटो प्रदर्शनीमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि सहभागी भएका छन्। 

नेपाली कांग्रेसले काठमाडौँमा आयोजित ‘क्रान्तिदेखि शान्तिसम्म’ विषयक फोटो प्रदर्शनीमा ओली सहभागी भएका हुन्। 

यसअघि आजै प्रधानमन्त्री प्रचण्ड पनि फोटो प्रदर्शनीमा सहभागी भएका छन्।

कांग्रेस सभापति शेरबहादुर देउवा लगायतका शीर्ष नेताहरूले ओलीलाई फोटो प्रदर्शनीको अवलोकन गराए।

अवलोकनलगत्तै सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन कुमार थापा लगायतसँग ओलीले छलफल गरेका थिए। 

राजनीतिक समीकरण फेरबदलकाबीच सानेपामा शीर्ष नेताहरूको जमघटले धेरैको मन खिचेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .