प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पदबाट राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरेको छ।
बुधबार सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।
‘प्रधानमन्त्रीलाई हामीले अहिलेको परिस्थितिको ठिक मुल्यांकन गरेर मार्गप्रशस्त गरिदिनका लागि आज हामीले पनि आग्रह गरेका छौँ। एमालेले पनि अनुरोध गरेको छ,’ उनले भने।
प्रधानम्न्त्ती प्रचण्डले राजीनामा दिएर मार्गप्रशस्त गरेको खण्डमा तुरुनतै नयाँ सरकार गठनको प्रक्रिया आरम्भ हुने पनि उनले बताए।
‘प्रधानमन्त्रीजीले राजीनामा गरेर मार्गप्रशस्त गरिदिनुभयो भने तुरुन्तै नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्छ। अब उहाँले संविधानले दिएको सुविधा प्रयोग गर्दै एक महिना बस्छु भन्नुभयो भने त्यो त पाउनुभयो,’ उनले बताए।
सामेबार मध्यराति एमाले र कांग्रेसबीच सत्ता सहकार्य गरेर अघि बढ्ने समझदारी भएको थियो।
सो समझदारीपछि प्रचण्डको राजीनामा कुरेर उनीहरू बसिरहेका छन्।
Shares
प्रतिक्रिया