राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक बोलाएको छ। आइतबार बिहान साढे ९ बजे पार्टी संसदीय दलको कार्यालयमा बैठक बस्ने सांसद सोविता गौतमले जानकारी दिइन्।
बैठकमा पछिल्लो समसामयिक राजनीतिक घटनाक्रम, संसदका काम र अन्य विविध विषयमा छलफल हुने बताइएको छ।
सत्तारुढ दलसमेत रहेको रास्वपाले फेरिएको सत्ता गठबन्धनमा नजाने यसअघि बताइसकेको छ। प्रधानमन्त्री प्रचण्डले रास्वपाबाट सहभागी मन्त्रीहरू राजीनामा बुझाउन समेत पुगेका थिए।
यद्यपि प्रचण्डको अनुरोधपछि उनीहरूले राजीनामा बुझाएका थिएनन्।
228
Shares
प्रतिक्रिया