सत्तारूढ नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सिंहदरबारमा बसिरहेको छ।
सत्ता साझेदार नेकपा एमालेलगायत दलले साथ छाडेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अल्पमतमा परेका बेला माओवादी संसदीय दलको बैठक बसेको हो।
एमालेले कांग्रेससँग सत्ता साझेदारी गर्ने सहमति गरेपछि प्रधानमन्त्री प्रचण्डले पर्सि असार २८ गते संसदमा विश्वासको मत लिने भनेका छन्।
एमाले र कांग्रेस मिलेर नयाँ सरकार बनाउने र एमाले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गर्ने सहमति भएको छ। यी दुवै दलले प्रचण्डलाई प्रधानमन्त्रीको पदबाट राजीनामा दिन सुझाव पनि दिइरहेका छन्।
258
Shares
प्रतिक्रिया