ad ad

कारोबार


आशा लघुवित्तबाट प्रभु ग्रुप, इन्भेस्टमेन्ट बैंक र तारा कुमारी भट्टचनले एकैपटक झिके लगानी

आशा लघुवित्तबाट प्रभु ग्रुप, इन्भेस्टमेन्ट बैंक र तारा कुमारी भट्टचनले एकैपटक झिके लगानी

नेपालखबर
असार २६, २०८१ बुधबार १४:४७, काठमाडौँ

आशा लघुवित्तमा रहेका ठूला सेयरधनीहरुले एकै दिन साढे २ लाख कित्ता सेयर बिक्रीमा राखेका छन्।

इन्भेस्टमेन्ट बैंकको स्वामित्वमा रहेको २ लाख २३ हजार १७२ कित्ता लघुवित्तको सेयर लिलामीमा राखिएको हो।

इन्भेस्टमेन्ट बैंकले ठूलो संख्यामा रहेको सेयर बिक्रीमा राखिएको छ। योसँगै लघुवित्तबाट देवी प्रकाश भट्टचन अध्यक्ष रहेको प्रभु ग्रुपले पनि आफ्नो लगानी झिक्ने भएको छ।

प्रभुको नाममा रहेको ११ हजार ४२९ कित्ता र तारा कुमारी भट्टचनको नाममा रहेको ४ हजार १५७ कित्ता सेयर बिक्रीमा राखिएको हो। 

लघुवित्तले तीनवटै लगानीकर्ताको नाममा रहेको कुल २ लाख ३८ हजार ७५८ कित्ता संस्थापक सेयर २९९ रुपैयाँका दरले लिलामीका लागि राखेको हो।

लघुवित्तले इच्छुक लगानीकर्ताबाट ७ दिनभित्र सेयर खरिदका लागि आवेदन माग गरेको छ। इच्छुक लगानीकर्ताले संस्थाको केन्द्रीय कार्यालयमा आवेदन पेस गर्नुपर्नेछ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .